काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो खेल नेपालले खेल्दैछ।
अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा नेपाल र श्रीलंकाबीच खेल खेल्दैछ। समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन छन्।
टेस्ट राष्ट्र श्रीलंकासँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। १० वर्षपछि विश्वपमा सहभागी भएको नेपाल टेस्ट राष्ट्रलाई पराजित गर्दै विश्व मैदानमा आफ्नो क्रिकेट स्थापित गर्न चाहन्छ।