काठमाडौँ — नेपालका तेक्वान्दो खेलाडीले भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्णसहित ८ पदक जितेका छन् । त्यसमा १ रजत र ३ कांस्य पनि छ । निशा दर्नाल र जितबहादुर बोटले पुम्सेमा दोहोरो स्वर्ण पदक जितेका छन् ।
डिसेम्बर ६देखि ९ सम्म चलेको प्रतियोगितामा २९ देशका ७ सय ७१ खेलाडीले सहभागिता जनाएका थिए । त्यसअघि हङकङमा नोभेम्बर २९ देखि डिसेम्बर ४ सम्म भएको हङकङ वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप २०२४ मा सात खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा निशा, अस्मिन, जित, प्रेम, रोजेनसहित आयशा शाक्य र बब्लू सिवाकोटीले पनि प्रतिस्पर्धा गरेका थिए ।