बास्केटबलमा जनप्रेमीको जित

काठमाडौँ — जनप्रेमी, युनिक नेपाल र एभरेस्टले मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।

आयोजक मातृभूमि स्कुलको कोर्टमा जनप्रेमीले अक्षरिकालाई २६–२१, युनिक नेपालले बौद्धलाई ३०–१७ र एभरेस्टले ओम ज्ञानमन्दिरलाई १०–८ स्कोरले पराजित गरे । जनप्रेमीका रोशन विष्टले १३, युनिकका सम्बन्ध भण्डारी र रोशन खड्काले १०–१० र एभरेस्टका क्रिस्टल गइडाले ३ स्कोर जोडे । सिनियर ब्वाइजमा अक्षरिकाले जेम्सलाई ४७–३० तथा बौद्धले मातृभूमि रातोलाई ४५–३६ ले हराए । अक्षरिकाका रोविन मगरले १४ र बौद्धका तेन्जिङ छोसाङले १८ स्कोर जोडे ।

सिनियर गर्ल्समा चाणक्यले निष्ट ‘सी’ लाई १६–३, मातृभूमि नीलोले निष्ट ‘बी’ लाई २८–१४ र एसएसएसभीएमले मातृभूमि रातोलाई १५–१० ले हराए । चाणक्यकी विनिशा दाहालले ८, मातृभूमि नीलोकी श्रृति कुटुले १५ र एसएसएसभीएमकी नम्रता पौडेलले ८ स्कोर बटुले ।