काठमाडौं । आजबाट अभिनेत्री रेखा थापाको बहुप्रतिक्षित फिल्म उपहार हलहलमा प्रर्दशनमा आउँदैछ । अघिल्ला चलचित्रको समयमा भन्दा यो पल्टचाहिँ एकदमै उत्साहित रहेको अभिनेत्री थापाले प्रतिक्रिया दिईन् ।
मैले काम गरेका र निर्माण गरेका अघिल्ला चलचित्रहरू प्रदर्शनको समयमा नर्मस हुन्थेँ म । यो पटकचाहिँ उत्साहित छु अभिनेत्री थापाले भनिन्, अहिले जति पनि हलमा चलिरहेका छन्, तीभन्दा फरक स्वाद ‘उपहार’मा पाउनुहुनेछ । अभिनेत्री थापाका अनुसार फिल्मको कन्टेन अहिले चलिरहेको भन्दा फरक छ । कथाकारले पनि एकदमै फरक शैलीमा राम्रो कथा तयार पारेका छन्,भने निर्देशकीय पक्षबाट पनि मिहिनेत गरिएको छ ।
मैले अघिल्ला फिल्ममा गरेको गल्ती यसमा सुधारेको छु । यो फिल्म हेरुन्जेल दर्शकलाई बोर लाग्दैन । फिल्म हेरुन्जेल दर्शकलाई हरेक क्यारेक्टरमा म हुँ भन्ने लाग्छ । यो फिल्म युनिभर्सल फिल्म हो भन्न रुचाउँछु । चलचित्रमा सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेका गरिएको छ । यहाँ समाज रुपान्तरणका कुरादेखि समाजमा भइरहने घटनाक्रम पनि उठान गरेका छौँ, अभिनेत्री थापाले भनिन्, “मेरो चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने गरेको छ । त्यही शैलीलाई निरन्तरता दिएकी छु हामीलाई माया गर्नुहुन्छ भन्ने विश्वास लिएको छु।”
‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको रेखा बताईन् । नेपाली चलचित्रमा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने रेखाले त्यो आरोपलाई ‘उपहार’ ले गलत साबित गर्ने दाबी गर्ने उल्लेख गरिन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्कीलगायतका कलाकारले अभिनय गरेका छन् ।