कीर्तिपुर-१ का वडाध्यक्षको निधन

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको नगरपालिकाका नगरप्रमुख राज कुमार नकर्मीले जानकारी दिए ।

महर्जन विस २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमति र दुई छोरा छन् । लामो समयदेखि कलेजोको समस्याबाट पीडित थिए । वडाअध्यक्ष महर्जनको निधनमा आज कीर्तिपुर नगरपालिकामा शोक बिदा दिइएको छ ।