एमाले अध्यक्ष ओली र अभिनेता हमालबीच आज सिनेमा संवाद हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग अभिनेता राजेश हमालले सिनेमा संबाद आज हुने भएको छ । नेपाली सिने जगतका महानायक हमालले पुर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संबाद गर्न लागेका हुन् ।

सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संबाद हुन लागेको हो । नेपालको इतिहासमा पहिलो पटक पुर्व प्रधानमन्त्रीसँग सिनेमा संबाद हुन लागेको हो ।

सो संबाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ः३० बजे देखी सुरू हुने आयोजकले जनाएका छन् ।