काठमाडौं । सुनको अवैध पैठारी (नियन्त्रण) सम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न रहेका व्यक्तिमाथि मुद्दा चलाउन र सुन तस्करी सम्बन्धमा रहेका कर्मचारीलाई विभागीय कारबाही गर्न सुझावसहितको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेलाई बुझाएको छ ।
बिहीबार गृह मन्त्रालयमा आयोगका अध्यक्ष डिल्लीराज आचार्यले उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् । आयोगको प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
आफूलाई लागेको कुरा लिखित रूपमा आयोगलाई पठाएको भन्दै गृहमन्त्री लामिछानेले सुनको अवैध तस्करी नियन्त्रणमा प्रतिवेदनले सहयोग गर्ने अपेक्षा व्यक्त गरे।