काठमाडौं । विवाहिक जोडीको कथा दर्शाउने गीत ‘किन रूनु हुन्न र मर्दले’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रोशन सिंहको संगीत, प्रमोद खरेलको स्वर र राम शर्माका शब्द छन् ।
एरेन्ज विशाल निरौलाले गरेका हुन् । भिडिओमा विक्रम बुढाथोकी र एलिना रायमाझीले अभिनय गरेका छन् । कथा र निर्देशन विक्रम चौहानको हो ।
बुद्ध थापाको छायांकन रहेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन् ।
‘आरएल क्रियसन’ युट्युब च्यानलमा भिडियो सार्वजनिक भएको छ ।