काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)का लागि मंसिर २२ गतेदेखि आवेदन दिएका विद्यार्थीहरूले पुनः निवेदन दिनुपर्ने भएको छ ।
वैदेशिक अध्ययन अनुमति पत्र शाखाको सर्भर बिहीबार साढे १० बजे डाउन भएको थियो । त्यही कारण चार दिनदेखि एनओसी जारी हुन सकेको थिएन ।
अहिले पनि सर्भर रिकभरको काम भइरहेको छ शाखाले जनाएको छ । २२ मंसिर भन्दा अगाडि आवेदन दिएका विद्यार्थीहरूको ७५ प्रतिशत डेटा रिकभर भएको छ । त्यसैले उनीहरूलाई एनओसी दिन थालिएको छ ।