विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच समझदारी

काठमाडौं । काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच चिकित्साशास्त्र अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ।

सोमबार विश्वविद्यालयको केन्द्रीय परिसर, धुलिखेलमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले हस्ताक्षर गरेका हुन।

समदारीअनुसार दुवै पक्षले चिकित्सा तथा सम्बन्धित क्षेत्रमा शिक्षा, अनुसन्धान, तथा तालिम आयोजना गर्ने, विशेषज्ञ तथा प्राज्ञिक जनशक्ति आदान प्रदान गर्ने, शैक्षिक कार्यक्रम विकास गर्ने आदि कार्य गर्नेछन्। समझदारी पाँच वर्षका लागि मान्य हुनेछ।

समझदारी हस्ताक्षर कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरीबीचको सहकार्यले नेपालको चिकित्साक्षेत्र सुदृढ बनाउनमा उल्लेखनीय सहयोग पुग्ने बताए।

त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीचको सहकार्य गौरवको विषय भएको बताए।