एजेन्सी । इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ ।
खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ ‘अवैध’ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताएका छन् ।
खामा प्रेसले उल्लेख गरेअनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले अवैध आप्रवासीहरूलाई निष्कासन गरिनुपर्नेमा जोड दिएका छन् ।
उनले ‘गैरकानुनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानुनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिने’ बताएका छन् ।