ग्लोबल आइएमई बैंकको थप ४ नयाँ शाखा स्थापना

काठमाडौं। ग्लोबल आइएमई बैंकले एकसाथ ४ वटा थप नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

बैंकले काठमाडौंको बूढानिलकण्ठ, चन्द्रागिरी तथा चितवनको भरतपुर र तनहुँको आबुँखैरेनीमा नयाँ शाखा बिस्तार गरेको हो ।

बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।