एजेन्सी। थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले गाँजाको प्रयोगलाई फेरि देशमा गैरकानुनी बनाउने तयारी गरेका छन् । ठुलो सङ्ख्यामा युवा गाँजाको लतमा फसेको र यसका कारण देशको भविष्य बरबाद भइरहेको उनको भनाइ छ ।
उनले गाँजालाई स्वास्थ्य र औषधीय प्रयोगमा मात्रै सीमित राख्नुपर्ने बताए । थाइल्याण्डमा दुई वर्षअघि मात्र गाँजामाथिको प्रतिबन्ध हटाइएको थियो।
देशमा गाँजा व्यवसायलाई कानुनी मान्यता दिएपछि थाइल्याण्डमा लागु औषधको साम्राज्य फस्टाउन थाल्यो । सन् २०२५ सम्ममा यो उद्योग एक अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ ।
थाइल्याण्डमा सन् २०२२ को जुनसम्म गाँजा राखेमा ५ वर्षसम्मको सजायको व्यवस्था थियो र त्यसलाई खेती गरे १५ वर्षसम्मको जेल सजाय हुनसक्ने व्यवस्था थियो ।