इजरायल जाने शक्तिशाली बम अमेरिकाले रोक्यो

काठमाडौं। इजरायलमा जाने शक्तिशाली बमको ठूलो खेप अमेरिकाले रोकेको छ । इजरायलले यी बमहरू राफाहमा सञ्चालन भइरहेको सैन्य कारबाहीमा प्रयोग गरेको हुन सक्ने भन्दै रोकेको हो ।

अमेरिकामा विद्यार्थी आन्दोलन निरन्तर बढ्दै गएकाले यस्तो निर्णय गरिएको बीबीसीले जनाएको छ । पछिल्लो ८ महिनामा अमेरिकाले इजरायललाई हतियार पठाउन रोकेको यो पहिलो पटक हो । इजरायलले रफाहमा सैन्य कारबाही सुरु गरेको बेला यो जानकारी बाहिर आएको हो । अप्रिल ७ मा, इजरायली सेना ट्यांकहरू सहित दक्षिणी गाजाको रफाह क्षेत्रमा प्रवेश गरेको थियो । यसले इजिप्टसँगको गाजाको सिमाना कब्जा गरेको छ ।

अमेरिकाले बम ढुवानी रोक्ने सम्बन्धमा इजरायलले भने सहयोगीहरूले पर्दा पछाडिको कुनै पनि असहमतिलाई समाधान गर्ने बताएको छ । तर, अमेरिकाको विरोधका बाबजुद इजरायलले रफाहमा सैन्य कारबाही गरिरहेको छ । अमेरिकी अधिकारीहरूले इजरायललाई यो सहरमा शरणार्थीहरूको संख्या उच्च रहेको भन्दै चेतावनी दिएका छन् । जसका कारण सैनिक कारवाही सुरु भएमा यहाँ ठूलो सङ्ख्यामा मानवीय क्षति हुनसक्छ । इजरायलले हमासलाई पूर्ण रूपमा ध्वस्त गरेपछि मात्र आराम गर्ने बताएको छ।

अमेरिकाले सुरुदेखि नै रफाहमा इजरायलको सैन्य कारबाहीको विरोध गर्दै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सहयोग गरेकोमा विरोधको सामना गरिरहेका छन् ।