भारतमा होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु

एजेन्सी। भारतीय सञ्चार माध्यमका अनुसार भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ  भने, ७४ जना घाइते भएका छन् ।

हिजो अपराह्न वर्षासँगै आएको हावाहुरी र आँधीका कारण १७ हजार ४० वर्गफिटको उक्त होर्डिन बोर्ड ढलेको थियो । होर्डिङ बोर्ड ७० मिटर लम्बाइ र ५० मिटर चौँडाइको थियो ।

उक्त बोर्ड वर्षा र हावाहुरी चलिरहेको अवस्थामा पेट्रोल स्टेनमा ओत लागेर बसेका मानिसहरुमाथि ढलेको थियो ।