अमेरिकाका चर्चित पूर्वविदेशमन्त्री किसिन्जरको निधन

एजेन्सी । अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको कनेक्टिकटस्थित आफ्नै घरमा निधन भएको छ ।

किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको हो ।

किसिन्जर राजनीतिज्ञ र प्रसिद्ध कूटनीतिज्ञ थिए। जसले राष्ट्रपति रिचर्ड एम. निक्सन र जेराल्ड फोर्डको शासनकालमा अमेरिकी विदेश नीतिमा अभूतपूर्व काम गरे।

परराष्ट्र मन्त्री हुनुका साथै ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा सल्लाहकार र दुवै पद एकैसाथ सम्हालेका उनी एकमात्र नेता थिए।