काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन आयोगका अनुसार माघ १२ राष्ट्रियसभाको निर्वाचन हुनेछ । उम्मेदवारी दर्ता र उम्मेदवारको नामावली प्रकाशित मिति पुस २० गते हुने कार्यतालिका रहेको छ।
निर्वाचनको कार्यक्रम भने पुस १७ गतेबाटै सुरु हुनेछ । सो दिन मतदाताहरूको नामावली प्रकाशित हुने छ । नामावलीमा कुनै त्रुटी भए सच्याउने र उजुरी दिनका लागि पुस १८ र १९ गते तोकिएको छ ।
माघ १२ मा राष्ट्रियसभाका लागि १९ जना नयाँ सांसद निर्वाचित गर्न मतदान हुन लागेको हो ।
प्रदेससभा सदस्य र स्थानीत तहका प्रमुख तथा उप प्रमुखले मतदान गर्नेछन् ।