काठमाडौं। अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ वटा युट्युब च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ ।
निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिई भ्रम फैलाउने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल ९युट्युब च्यानल०बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी ९साइबर ब्युरो०मा पत्राचार गरिएको काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।