काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले राजतन्त्रको फर्काउन खोज्ने गर्नेहरू देशद्रोही भएको बताएका छन् ।
समृद्धिको लाग संकल्प यात्रामा रहेका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रतिगमन तिर फर्कने कुरा गर्नेहरू देशद्रोही भएको आरोप लगाए ।
तर, उनीहरूको यो कुचेष्टा सफल नहुने उनले दाबी गरे । ओलीले भने, ‘आज कोही प्रतिगमन तिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो’,।