राउटे मुखियाद्वारा ओलीलाई काेसी उपहार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिनुभएको छ ।

लोपोन्मुख फिरन्ते राउटे समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदै आएको काठको सामग्री हो काेसी ।

‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा सोमबार दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा मुखिया शाहीले ओलीलाई कोसी उपहार दिएका हुन् ।

कार्यक्रममा राउटे मुखिया शाहीले आफ्नो समुदायको पुर्ख्यौली पेसा नै सङ्कटमा पर्दै गएका कारण बाँच्न समस्या भएको दुःखेसो पोख्दै भने, “हामीलाई जङ्गल बस्न समस्या छ । हाम्रो समस्या बुझ्नुहोला भनेर तपाईँ पूर्व प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न आएको । अध्यक्ष ओलीज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै ९धेरै० सहयोग गर्‍या । अब पनि केही सहयोग गरन्ना भनेर भेट्न आयाका ९आएका० हौँ ।”