काठमाडौं । आगो ताप्दा जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका-८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन् ।
घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा सो घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको हो ।
आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीलेबताएको छ ।