काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका छन् ।
मंगलबार नवलपुरमा आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री महतले एनसेल बिक्री प्रकरणमा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसका आधारमा सरकार निष्कर्षमा पुग्ने बताए ।
नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण र राजस्वका सम्बन्धमा राजस्व अनुसन्धान एवं कर कार्यालयका पदाधिकारीसँग छलफल जारी रहेको भन्दै मन्त्री महतले त्यसपछि सरकार निष्कर्षमा पुग्ने बताए ।