काठमाडौ । राजश्व रकम हिनामिना कसूरमा दोषी ठहर भई फरार पाँच जना प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका(३ बस्नेहरु ४९ वर्षीय मणिराज दाहाल, ६३ वर्षीय टिकाराम अधिकारी, ६३ वर्षीय कुमार बहादुर कटुवाल, ३७ वर्षीय देवराज नेपाल र ६४ वर्षीय नयराज नेपाल रहेका छन् ।
विशेष अदालत बबरमहल काठमाडौंको फैसलाबाट उनीहरूमध्ये मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवाना, नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार र ३४२ रुपैयाँ जरिवाना, कुमार बहादुरलाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना, टिकारामलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रूपैयाँ जरिवाना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६६७ रूपैयाँ जरिवाना फैसला भएको थियो ।
उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको छ ।