काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका हुन्।
उनले राजीनामा दिनुपर्ने कारणबारे भने केही खुलाएनन्।


























