काठमाडौं । एसीसी यू-१९ एसिया कपको आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भएको टस जितेर भारतले पहिला फिल्डिङ गरेको हो ।
नेपाललाई सेमिफाइनलमा पुग्न भारतलाई फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।