काठमाडौं । नेकपा (एमाले)ले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ ।
आजबाट कोशी प्रदेश प्रवेश गर्न लागेको संकल्पयात्रामा पहिचानवादीहरूले अवरोध गर्ने चेतावनी दिइरहेका बेला एमालेले यात्रामा अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई अपिल गरेको हो ।