काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को वार्षिक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा हुन लागेको हो ।
१४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी छन् ।
आज पहिलो दिन चार खेल हुँदैछन् । बागमती र मधेश प्रदेशबीच टीयू मैदानमा उद्घाटन खेल हुनेछ ।