ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

गएराति आठबीस नगरपालिका-१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।