मीनबहादुर घले समूहले १३८ किलो सुन भित्र्याएको खुलासा

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गोरखाका मीन बहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको रहस्य खुलेको छ ।

गत मंसिर २१ गते राति दुबई हुँदै आएका गोरखाका चन्द्र घलेबाट बरामद १४ किलो सुन प्रकरणपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको हो।

आइतबार पत्रकार सम्मेलन गर्दै समितिका संयोजक मणिराम पौडेलले अहिलेसम्म घलेसहित उनको समूहका व्यक्तिले १३८ किलो सुन तस्करी गरेको देखिएको बताए ।