काठमाडौं । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ।
जनकपुरधामको सगुन होटेलबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई आवश्यक प्रक्रिया पुरा गरी करागार चलान गरिने धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जानकारी दिए।
गत मंसिर २० गते सर्वोच्च अदालतले पति मोतीबाबुलाई पुनः पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका-९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत भेटिएकी थिइन्।