सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

काठमाडौं। सिन्धुलिमा बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।

बिपि राजमार्गस्थित सिन्धुलिको झांगाझोली रातमाटामा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।

काठमाडौँबाट सिन्धुलीतर्फ आउदै गरेको बागमती प्रदेश ०१००६ ख ४५९३ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ६०प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटनामा परी मोटरसाइकल चालकको घट्नास्थमै मृत्यु भएको छ भने मोटरसाइकल पछाडि बसेकी महिलाको उपचारको क्रममा अस्पताल लैजादा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।