महिलालाई पोलमा बाँधेर कुटपिट, ७ जना पक्राउ

काठमाडौं । सिन्धुलीमा एक महिलामाथि पोलमा बाँधेर निर्धात कुटपिट भएको घटना सार्वजनिक भएको छ । कमलामाई नगरपालिका-४ की शारदा थापालाई स्थानीयले तीन दिन पोलमा बाँधेर कुटपिट गरेका हुन् ।

शारदाका श्रीमान सन्तोष थापासँगको लेनदेनको विषयलाई लिएर स्थानीयले शारदामाथि निर्घात कुटपिट गरेका हुन् । प्रहरीले अहिले शारदालाई उद्वार गरी सेफ हाउसमा राखेको छ । कुटपिटबाट उनी राम्रोसँग बोल्न सक्ने स्थितिमा नरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो ।

शारदाको नाममा केही सम्पत्ति रहेकाले उनको नाममा भएको सम्पत्तिबाट भए पनि असुल गर्ने भन्दै श्रीमानकै मिलेमतोमा उनीमाथि कुटपिट भएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेका छ । प्रहरीले शारदाका श्रीमान सन्तोषसहित सात जनालाई पक्राउ गरेको छ ।