१ सय ७ वर्षीय घिमिरे नगर पिता घोषित

झापा । दमक नगरपालिकाले दमकका २ सय ७ वर्षीय धनञ्जय घिमिरेलाई नगर पिता घोषणा गर्दै सय वर्षमाथिका छ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ ।

तेस्रो ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले १ सय ६ वर्षीय कुबेर बहादुर श्रेष्ठ, १ सय ६ वर्षीया नरमाया सोराली, १ सय ५ वर्षीया नर्वदा खनाल, १ सय ५ वर्षीया मीनादेवी कार्की र  १ सय १ वर्षीया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो ।

नगरपालिकामा उपलब्ध तथ्याङ्कका आधारमा दमककै ज्येष्ठ नागरिक वर्षीय घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिएको नगर प्रमुख रामकुमार थापाले बताए ।

उनीहरूलाई पूर्वप्रमुख इन्द्रबहादुर बुढाथोकी, नगर प्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँलगायतले जाडोमा उपयोगी न्यानो कपडा, पोषणयुक्त आहारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।