कञ्चनपुर ।शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहित जनजीवन कष्टकर बनेको छ ।
लगातारको हुस्सु, कुहिरो र जाडोले जनजीवन कष्टकर बनेको हो ।
खासगरी चिसोले वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर दैनिकी चलाउनेहरू बढी प्रभावित भएका छन् ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चिसो बढेपछि सार्वजनिकस्थलमा आगो ताप्न चाहने सर्वसाधारणका लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ ।