क्रिकेटर लामिछानेलाई क्रिकेट खेल्न प्रतिबन्ध

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्रिकेटर लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको हो ।

अध्यक्ष चतुर बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर्‍याएको हुँदा निलम्बन गरिएको बताएका छन् । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै बुधबार लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो ।