काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सवारी साधन र नगद कर्जा लिएका ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आउन भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।
कम्पनीले बिहीबार ३५ दिने सूचना जारी गरेर कर्जा भुक्तानी गर्न आउन भनेको हो ।
अधिकांश ऋणीले मोटरसाइकल खरिद गर्न कर्जा लिएका छन् भने केहीले नगद र ल्यापटप खरिदका लागि कर्जा लिएको सूचनामा उल्लेख छ ।