इरानमाथि पाकिस्तानको आक्रमण

एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा इरानले आक्रमण गरेको दुई दिनपछि अब पाकिस्तानले पनि इरानमा आक्रमण गरेको दाबी गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले यस हमलामा पाकिस्तानी सेनाले इरानमा आश्रय लिएका पाकिस्तानी मूलका आतंकवादीलाई निशाना बनाएको बताएका छन् ।

विदेश मन्त्रालयले पाकिस्तान हरेक खतराबाट आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध रहेको र भविष्यमा पनि आफ्नो सुरक्षाका लागि यस्ता कदमहरू जारी राख्ने बताएको छ ।

इरानको आक्रमण 

मंगलबार पाकिस्तानको बलुचिस्तानमा इरानले आक्रमण गरेको थियो । इरानले आफ्नो देशमा लगातार आतंकवादी घटनाहरू गरिरहेको जैश अल(अदल नामक संगठनलाई निशाना बनाएको जनाएको छ।

पाकिस्तानले इरानको आक्रमणप्रति कडा आपत्ति जनाएको थियो र दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो।

पाकिस्तानले यी आक्रमणको जवाफमा कारबाही गर्ने अधिकार पाकिस्तानसँग रहेको बताएको थियो। इरानबाट राजदूतलाई पनि फिर्ता बोलाइसकेको छ ।