हत्या प्रकरणमा संलग्न २० वर्षपछि पक्राउ

संखुवासभा । संखुवासभाको सिद्धकालीमा हत्या प्रकरणमा संलग्न एक जना महिला पक्राउ परेकी छन् । सामूहिक हत्या प्रकरणमा फरार रहेकी चैनपुर नगरपालिका-३ की कैली तामाङलाई मोरङ प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । तामाङलाई मोरङको केराबारी गाउँपालिका-१० स्थित मोहन नेपालको घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

गत २०६० सालमा २ जना पुरुषको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएकी तामाङ प्रहरीको फरार सूचीमा थिइन् । संखुवासभाको साविकको सिद्धकाली-२ का मंगल लिम्बू र योगेन्द्र दाहालको २०६० फागुन १० गते सामूहिक हत्या भएको थियो ।मोरङबाट पक्राउ परेकी तामाङलाई प्रहरीले बिहीबार इलाका प्रहरी कार्यालय चैनपुर ल्याइएको छ ।

२० वर्षअघि भएको सामूहिक हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदातलबाट दोषी ठहर भएपनि फरार थिइन् । गत २०६० सालमा दुई जना पुरुषको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएकी तामाङ प्रहरीको फरार सूचीमा थिइन् ।