डाक्टर माथि क्लिनिक भित्रै आक्रमण

काठमाडौं । डा.चन्द्र वली शाहमाथि क्लिनिक भित्रै आक्रमण भएको छ।

नेपाल आयुर्वेद चिकित्सक संघका सदस्य तथा आयुर हेल्थ केयर क्लिनिक सातदोबाटोमा कार्यरत डा शाहलाई बुधबार शाँझ ४-५ जनाको अज्ञात समूहले क्लिनिक भित्रै प्रवेश गरेर कुटपिट गरेको हो।

घटनापछि घाइते उनको बी एन्ड बी हस्पिटल ग्वार्कोमा उपचार भइरहेको छ। संघले विज्ञप्ति जारी गर्दै आयुर्वेद चिकित्सक संघले डा.शाहमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न माग गरेको छ।