झापा। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ ले यहाँका विपन्न परिवारलाई खाट वितरण गरेको छ। शिवसताक्षी–४ ले यहाँका ४ सय विपन्न परिवारलाई खाट वितरण गरेको हो। विपन्न समुदायले जाडोमा चिसो भुइँमा सुत्नुपर्ने बाध्यतालाई खाट वितरण गरिएको वडाध्यक्ष विष्णु प्रसाद प्रसाईँले बताए।
शिवसताक्षी–४ स्थित झापा इनर्जीमा सोलार प्यानल ढुवानीका क्रममा आएको प्लाइउड प्रयोग गरेर खाट बनाइएको वडाध्यक्ष प्रसाईँले बताए। खाट बनाउन प्रयोग भएका थप काठ र निर्माण खर्च विभिन्न संघसंस्थाबाट प्राप्त भएको उनले बताए।