काठमाडौं । धरहराको पार्किङ भवनको पहिलो तलामा आज आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौं महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी राजुनाथ पाण्डेले काठमाडौं टावर ९साबिक पुरानो बसपार्क० मा पनि निःशुल्क पार्किङ सेवा छ । त्यसबाहेक धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र पनि निस्शुल्क पार्किङ उपलब्ध हुने पाण्डेले बताए ।