काठमाडौं । पोखराकी सामाजिक अभियान्ता गिभिना मगर गम्भीर रोगसँग लड्दै छिन् । उनलाई गम्भीर रोग लागेपछि काठमाडौंको वीर अस्पतालमा उपचार गरिरहेकी छन् । आफूलाई के भएको हो भनेर उनले बताउन भने चाहेकी छैनन् । उनले पुरानै रोग बल्झिएका कारण उपचारमा रहेको सञ्चारकर्मीलाई बताएकी छन् ।
टिकटक लाइभमा बस्दा आएको पैसाले लामो समयदेखि सामाजिक सेवा गर्दै आएकी गिभिनाले आफू एक्कासी बेहोस भएर अस्पताल भर्ना भएको बताएकी छन् ।
उनी मस्तिष्कसम्बन्धी समस्याबाट ग्रसित भएको बताइएको छ । उनले यसलाई ‘पेनिक एट्याक’ भनेकी छन् । तर, अस्पतालले भने उनको अवस्था सामान्य हुँदै गएको जनाएको छ ।
बिरामीका कारण अस्पताल भर्ना भएपछि एकपटक टिकटक तथा फेसबुक लाइभमा आएर आफू गम्भीर बिरामी भएको उनले बताएकी छन् । त्यसपछि गिभिना सामाजिक सञ्जालमा लाइभमा आएकी छैनन् ।