अरुण चौधरी पक्राउ,आजै अदालत पेस

काठमाडौं । बाँसबारी छाला जुत्ताको जग्गा हिनामिना प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितमान सिंह थापा विरुद्ध कीर्ते र ठगी गरेर सरकारी जग्गा हिनामिनाको लिखत कीर्ते सम्बन्धी कसुरमा म्याद थपका लागि आज बिहीबारनै जिल्ला अदालत पेस गर्ने तयारी गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट बिहीबारनै अनुमति लिन लागेको हो।

सीआईबीका एक अधिकारीका अनुसार उनीहरुलाई स्वास्थ्य परिक्षण गराएर सिधै जिल्ला अदालत लैजाने तयारी रहेको छ। जिल्ला अदालमा समेत उनीहरुलाई म्याद थपका लागि ल्याउने जानकारी सीआईबीले गराएको छ।

माघ १६ गतेदेखि अदालत पाँच बजेसम्म भएकाले अन्तिम समयमा अदालत लैजाने सीआईबीको तयारी छ।