काठमाडौं। रौतहटमा बम विस्फोट गरी सामूहिक हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको छ।
रौतहट जिल्ला अदालतले आलमको मुद्दामा सुनुवाइ सुरु गरेको हो।जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी तोकिएको छ।
२०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो। उक्त घटनामा प्रहरीले २०७६ सालमा पुन अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो।