काठमाडौं । वैदेशिक रोेजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् ।
नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगर बस्ने राजन पन्तलाई प्रहरीले पक्राउ गरेको हो । पन्तले एक जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७ लाख ५० हजार रूपैयाँ तलबमा हुने भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुलसा भएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बर्दघाटसँग समन्वय गरी उनलाई नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगरबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।