बालिका चोरीको आरोपमा दैलेखकी सिंह पक्राउ

काठमाडौं । थापाथली प्रसूति गृहबाट बालिका चोरीको आरोपमा प्रहरीले दैलेख घर भई काठमाडौंको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मन कुमारी सिंहलाई पक्राउ गरेको छ ।

सिंहसँगै कोठाबाट अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता भीम प्रसाद ढकालले बताए ।

शुक्रबार राति प्रहरीको टोलीले काँडाघारीमा सिंहको कोठाबाट बालिकालाई उद्धार गरेको थियो । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि सिंहले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रसूति गृहबाट बालिकाको चोरी गरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेको बताइएको छ। बालिका लिएर गएपछि सिंहले छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ । सिंहका श्रीमान् नेपाली सेनामा कार्यरत छन् ।

बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार

बच्चा हराएको खबर प्राप्त हुन साथ प्रहरी टोली खोजीमा खटिएको थियो ।