काठमाडौं । प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् ।
लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् ।
शान्तिप्रक्रिया टुंगोमा पु¥याउन महत्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले सहमत भएका हुन् ।
आइतबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई छुट्टाछुट्टै भएर टीआरसी विधेयकका विषयमा छलफल गरेका हुन् ।