काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सत्ता ठबन्धन भत्किएको छ ।
संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा एमाले र माओवादी केन्द्रको बिचमा सहमति भएपछि कांग्रेससँगको गठबन्धन भत्किएको हो ।
एमाले सचिवालय बैठक पछि सो बारेमा औपचारिक जानकारी आएको हो । आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठक पछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

























