एजेन्सी। सन् २०१७ देखी बेपत्ता भएकी एक अमेरिकन महिलाको उदार गरिएको छ ।
न्यूयोर्क पोस्टका अनुसार मिशिगन पुलिसले इन्कस्टरको एक मोटेलबाट २०१७ देखि हराइरहेको एक महिलालाई उनको चिच्याएको सुनेर उद्धार गरेको हो ।
मिशिगन स्टेट पुलिस एमएसपीका अनुसार पीडित महिलाले आफ्ना आमाबाबुलाई फोन गरेर आफूलाई मोटेलमा आफ्नो इच्छाविपरीत राखिएको जानकारी दिएपछि प्रहरीले उनको उद्दार गरेको हो ।
सन् २०१७ मा घरबाट बेपत्ता हुँदा उनी २० वर्षकी थिइन् । पीडित महिलाले घरमा फोन गरेपछि आमाले आफ्नी छोरीलाई मिशिगन एभिन्यूमा रहेको एभरग्रीन मोटेलमा बन्धक बनाएको जानकारी प्रहरीलाइ दिएकी थिइन् ।
पीडित महिलाको उमेर २७ वर्षको हाराहारीमा रहेको प्रहरीले जनाएको छ । उनको शरीरमा चोटपटकको निशान थिएन । उनलाई बन्धक बनाएको कोठा लागुऔषध र बन्दुकले भरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित महिलालाई अस्पताल लगिएको र परामर्श भइरहेको छ । साथै, पीडितलाई उनको परिवारसँग पुनर्मिलन गरिएको छ। यद्यपी प्रहरीले ती महिला बेपत्ता भए भन्नेबारे थप विवरण भने दिएको छैन र उनको परिचय गोप्य राखिएको छ ।
यसैबीच, लेफ्टिनेन्ट माइक शले भने, ‘हामी यस केसको अनुसन्धानमा के अगाडि आउँछ भनेर हेर्नेछौं। हामी यो मुद्दा मानव बेचबिखन वा घरेलु हिंसासँग सम्बन्धित छ कि छैन भनेर पनि हेर्नेछौं।’ तर, प्रहरीले शंकास्पद व्यक्तिको पहिचान गरिसकेको छ तर कसैलाई पनि पक्राउ गरिनसकेको जनाइएको छ ।
एभरग्रीन मोटेल नजिकै बिग जुग अटो सर्भिसका सञ्चालक मो जुगले भने, ‘सात वर्ष वा छ वर्षपछि हराएको महिला फेला पार्न पाउनु पत्याउनै नसकिने कुरा हो,’ अटो सेवा मालिकले भने, ‘तर अचम्म यतिका बर्षसम्म त्यहाँ केहि भएको देखिएन र सुनिएन, प्रहरीले उद्दार गरे पछि पो हामी अचम्ममा परयौं कि उनी यहाँ ६–७ बर्ष देखी थिइन ।’
मिशिगन राज्य पुलिसले अब ती महिला कसरी बेपत्ता भयो र अन्य कुनै पीडितहरू संलग्न छन् कि छैनन् भनेर अनुसन्धान गरिरहेको छ।