काठमाडौं । साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानसँग सामना गर्दै छ ।
ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ ।यस प्रतियोगितामा नेपाल र भुटानसहित भारत र बंगलादेशगरि चार देशले भाग लिएका छन् ।
शिर्ष २ देशले आइतबार फाइनल खेल्ने तालिका रहेको छ ।